धेरै साथीहरू अलमलिनु भयो, संगठन बुझेपछि तरुण दल बुझिन्छ : जीतजंग बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका निर्देशन समितिका सदस्य जीतजंग बस्नेतले तरुण दलका केन्द्रीय सदस्यहरूले तरुण दललाई नबुझेको हो कि भन्ने लागेको बताएका छन् ।
बुधबार वीपीनगर, ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘धेरै साथीहरूले बोल्नुभयो । कतिपय कुरा चित्त बुझेन । तरुण दल नबुझ्नु भएको हो कि ? संगठन नै नबुझ्नु भएको हो कि ?’
‘अलमलिएको हो कि मलाई लागेको छ । संगठन बुझ्नु प¥यो । संगठन बुझेपछि तरुण दल बुझिन्छ’, उनले भने ।
नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका नेता बस्नेतले भने, ‘पूर्णकालीन भनेको तपाई जिल्ला अध्यक्षले नै बाँड्ने हो । केन्द्रीय सदस्यहरूसँग समन्वय गरेर बाँड्ने हो ।’
‘पूर्णकालीन बाँड्ने जिल्ला अध्यक्षले नै हो । अध्यक्षले त्यो जिल्लाका केन्द्रीय सदस्यहरूसँग समन्वय गरेर पूर्णकालीन सदस्य बाँड्ने हो’, उनले भने, ‘पूर्णकालीन बाँडेर सकिएपछि अधिवेशन हुन्छ ।’
‘फागुनको पहिलो हप्तासम्ममा जिल्ला कार्यसमितिका साथीहरू र केन्द्रीय सदस्यहरूलाई अनिर्वाय रुपमा बोलाएर यो यो ठाउँमा हामीले वितरण गर्छौ भनेर तालिका बनाउने’, बस्नेतले भने, ‘पार्टीसँग समन्वय पनि गर्नुपर्छ । त्यो दायित्व जिल्ला अध्यक्षको हो ।’
नेता बस्नेतले भने, ‘फागुन २९ गतेभित्र हाम्रो पूर्णकालीन वितरण गरिसक्नुपर्छ । जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यहरूले पूर्णकालीन कहिले वितरण गर्ने हो भनेर झकझाउनु पनि पर्छ ।’
‘केही जिल्लामा विवाद पनि आउला । त्यसलाई निर्देशन समितिले सहयोग गर्ने छौँ । हामी केन्द्रीय समितिलाई सहयोग गर्न आएको हो’, उनले भने, ‘प¥यो भने त्यहि जिल्लामा पुगेर समस्याको समाधान गर्ने छौँ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया