बाहिर नआएकाे विक्रम लामाको भित्री पाटाे, दीपक मनाङेसहितलाई किन फसाउन खोजे ?
काठमाडौं । आफूलाई घरजग्गाको कारोबारी बताउने विक्रम लामालाई कुटपिट गरेको अभियोगमा प्रहरीले फरार रहेका दुई जनालाई पनि पक्राउ गरेको छ ।
विक्रम लामामाथि कात्तिक ११ गते काठमाडौंको लाजिम्पाटमा अजय लामासहितका ४ जनाको समूहले आक्रमण गरेर घाइते बनाएको थियो । कुटाइ खाने विक्रम लामा र कुट्ने अजय लामा १३ दिनभित्रका नातेदार हुन् । घाइते बनाएपछि अजय लामा र दीपक बरामु फरार रहेका थिए । उनीहरू भारततर्फ फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अजय लामा र दीपक बरामुलाई शुक्रबार (भारतबाट) पक्राउ गरेर ल्याएको एसएसपी सानुराम भट्टराईले पत्रकारहरूलाई बताएका छन् ।
मुख्य अभियुक्त अजय लामा नुवाकोटको ककनी घर भएका हुन् भने दीपक बरामुलाई गोरखा घर भएका युवा हुन् ।
यसअघि, आक्रमणमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । अनुसन्धानमा पक्राउ गरिएका केहीलाई प्रहरीले कसूर नदेखेपछि छाडिदिएको छ ।
विक्रम लामाको विगतको इतिहाँस राम्रो छैन । प्रहरीको उच्च निगरानीमा रहेका युवक हुन् विक्रम लामा । यो घटनामा विक्रम लामाले प्रतिशोध साँधेर धेरै व्यक्तिहरूविरुद्ध किटानी जाहेरी दिनुका साथै फसाउने उदेश्यले निकै चलखेल गरेका छन् । मुद्दालाई प्रभावित तुल्याइ प्रहरी र न्यायालयलाई गुमराहमा पार्न विक्रम लामाले धेरै नै मिडिया ट्रायल गरेका छन् । विक्रम लामाका दाईले टिकटकको फेक आईडी नै बनाएर कुटपिटको घटनामा केही व्यक्तिहरूलाई जोडेर चरित्रहत्या गर्ने प्रयास गरेका थिए । प्रहरीमा उजुरी परेपछि विक्रम लामाका दाईले टिकटकको फेक आईडी बनाएको घटनामा दण्ड पाइसकेका छन् । विक्रम लामाको कर्तुतहरू जबरजस्ती प्रतिवादी बनाएकाहरूले काठमाडौं जिल्ला अदालतमा प्रमाणसहित छिटै नै उपस्थित भएर कुरा राख्नेछन् । त्यसपछि विक्रम लामाका सत्य तथ्य कुरा बाहिर आउनेछन् ।
विक्रम लामाले निर्दोष व्यक्तिहरूलाई फसाउने उद्देश्यले प्रहरीमा किटानी जाहेरी दिने, नभएको अक्षेप लगाएर मिडिया ट्रायल गर्ने, प्रतिवादी बनाएर दुःख दिने लगायतका विषयमा टीका भण्डारी लगायतका व्यक्तिले विक्रम लामाविरुद्ध छिट्टै क्षतिपूर्तिसहित अदालतमा जाने तयारी गरेका छन् । विक्रम लामाले कुटाइ खानु कुनै पनि हालतमा राम्रो होइन । विक्रम लामामाथि आक्रमण गरेर कुटपिट गर्नेलाई कानूनअनुसार हदैसम्मको कारबाही हुनुपर्छ ।
विक्रम लामाले अभियुक्त बनाएका मध्येहरूले अदालतमा उपस्थित भएर प्रतिउत्तर लगाउँदा विक्रम लामाको कम्पनी र कारोबारहरूका विषयमा पनि पक्कै पनि कुरा उठ्नेछ । त्यस बेला विक्रम लामा राज्यलाई कर छली गरेको अभियोगमा पनि फस्न सक्ने सम्भावना बढेर गएको छ । यो घटनामा अरु कसैलाई फसाउँछु भन्दा विक्रम लामा आफै फस्दै गएका छन् । उनको हिसाब किताब काठमाडौं जिल्ला अदालतमा शून्यदेखि उठ्ने पक्का छ ।
टीका भण्डारीमार्फत दीपक मनाङेलाई फसाउन विक्रम लामाले ठूलै योजना बनाएका थिए । केही राष्ट्रियस्तरका सञ्चारमाध्यमले समाचार पनि बनाए । विक्रम लामाले धेरै पत्रकार र सञ्चारमाध्यमलाई गतल सूचनाहरू दिएर मिडिया ट्रायल गरिरहेको अभियोग छ ।
तर, विक्रम लामाले आफ्नो व्यक्तिगत रिसइबी साँध्न जसरी मानिसहरूलाई फसाउने प्रयास गरेका छन् त्यसको दण्ड कानूनले दिनेछ । पूर्वमन्त्री दीपक मनाङेलाई विक्रम लामाले फसाउने प्रयास गरेका छन् । दीपक मनाङेसँग नजिक रहेका मानिसहरूलाई पनि फसाउन ठूलै कसरत गरेका छन् । तर, प्रहरी र सरकारी वकिल कार्यालयले विक्रम लामाको योजना र कर्तुतहरू समयमा थाहा पाएर घटनामा संलग्नहरूलाई मात्रै दण्ड दिनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको छ ।
को हुन् विक्रम लामा ?
नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भइ काठमाडौंमा घरजग्गाको कारोबार गर्दै आएका विक्रम लामा प्रहरीको उच्च निगरानीमा रहेका व्यक्ति हुन् । कुटाइ खाएको घटनाका क्रममा किटानी जाहेरी दिँदा विक्रम लामाले आफूलाई प्रहरीले पटक पटक लागुऔषध र अबैध सुन तस्करी प्रकरणमा सोधपुछ र छापामारेको बताएका छन् । विक्रम लामाको विगतको इतिहाँस कस्तो रहेछ भन्ने कुराको जानकारी आफैले किटानी जाहेरीमा छर्लङ्ग बनाएका छन् ।
विक्रम लामाले किटानी जाहेरीमा उल्लेख गरेको विषयले पनि उनी विवादरहित व्यक्ति होइनन् । कुनै बेला दीपक मनाङेको समूहमा रहेका विक्रम लामाले पछि दीपक मनाङेलाई नै फसाउन ठूलो षड्यन्त्र गरेको रहस्य बाहिर आएको छ ।
निकै तनाबको संघर्षपूर्ण जीवन विताइरहेका विक्रम लामाको दुःख देख्न नसकेपछि दीपक मनाङेले नुवाकोटमा रहेको आफ्नो क्रसर व्यवसायमा केही प्रतिशत सेयर दिएर जीविकोपार्जन गर्ने बाटो बनाइदिएका थिए ।
कुटाइ खाएर घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेका बेला विक्रम लामालाई स्वयं दीपक मनाङेले भेट गरेर दुःख व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । मनाङेले औषधि उपचारमा कुनै समस्या वा आर्थिक अभाव भयो भने मलाई भन्नु है भाइ भनेर हिँडेका थिए । तर, विक्रम लामाले दीपक मनाङेलाई नै कुटपिटको घटनामा फसाउन उनका पूर्व स्वकीय सचिव टीकाराम भण्डारीलाई अभियुक्त बनाउने प्रयास गरेका थिए ।
टीकाराम भण्डारीलाई विक्रम लामाले राजनीतिक शक्ति लगाएर केही दिन हिरासतमा समेत थुनाएका छन् । विक्रम लामालाई नेपाली कांग्रेस नुवाकोटको केसी परिवारले राजनीतिक संरक्षण दिँदै आएको छ । घटनामा टीकाराम भण्डारीको कुनै संलग्नता नदेखेपछि प्रहरी आफैले छाडिदिएको छ । सरकारी वकील कार्यालय काठमाडौंले पनि टीका भण्डारीलाई मुद्दा नचलाएर न्याय दिएको थियो ।
पक्राउ परेका प्रतिवादीहरूले विक्रम लामा र प्रमुख अभियुक्त भनिएका अजय लामाबीच पुरानो रिसइबीका कारण आक्रमण भएको बयान दिएका छन् ।
प्रतिवादी निश्चल सुनारले बयानमा भनेका छन्, ‘दशैं अगाडि अजय लामा, दीपक वरामु र म (निश्चल सुनार) समेत कालपाण्डे डाँडामा गई बसी कुराकानी हुँदा अजय लामाले मेरो विक्रम लामासँग पुरानो रिसइबी भएको हुँदा विक्रम लामालाई जहाँ भेटिन्छ त्यहिँ फालमको हतियार प्रहार गर्ने भनि अजय लामाले बताएअनुसार निज विक्रम लामाको रेक्की गरी रहेका थियौँ ।’
अर्का प्रतिवादी मार्शल भन्ने शैलेन्द्र तामाङले बयानमा भनेका छन्, ‘अजय लामा मेरो साथी भएको हुँदा अजय लामासँग भेटघाट गर्ने क्रममा दीपक बरामु र निश्चल सुनारसँग सामान्य देखभेट भएको थियो । दशैं अगाडि अजय लामा मेरो डेरोकोठामा आई कुराकानी हुँदा, अजय लामाले मेरो १३ दिने दाजुभाई विक्रम लामासँग पुरानो रिसइबी भएको हुँदा मिलाएर १ दिन हान्नुपर्छ भनि बताएका थिएँ ।’
प्रतिवादी सुनारले बयानमा भनेका छन्, ‘प्रस्तुत मुद्दामा टीकाराम भण्डारी, सिजन अधिकारी र पदम राईको भूमिका के हो मलाई थाहा छैन, अजय लाको निर्देशन र संलग्नतामा ज्यान मार्ने नियतले उक्त घटना घटाएका हौँ । प्रतिवादी लक्ष्मी राई, टीकाराम भण्डारी, रमेश सिलवाल, सिजन अधिकारी, अजय लामा, पदम राई, निश्चल सुनार र दीपक बरामुबीच प्रस्तुत मुद्दामा पैसाको कारोबार गरेको सम्बन्धमा मलाई जानकारी छैन । प्रतिवादी अजय लामाले भनेअनुसार अजय लामासँगै मिली ज्यान मार्ने नियतले उक्त घटना घटाएका हौँ । प्रतिवादी अजय लामासँग सोही घटना घटाउन सम्पर्क भएका हो ।’
प्रतिवादी सिजन अधिकारीले बयानमा भनेका छन्, ‘जाहेरी दरखास्तमा उल्लेखित अजय लामा, रमेश सिलवाल, मार्शल भन्ने शैलेन्द्र तामाङ, दीपक बरामु र पदम राईलाई चिन्दछु । अन्य प्रतिवादीहरू टीकाराम भण्डारी, लक्ष्मी राई र निश्चल सुनारलाई मैले चिनेको छैन । जाहेरवाला र घाइतेसँग मेरो कुनै रिसइबी छैन । करिप ५ वर्ष अगाडि कारागार कार्यालय जगन्नाथदेव काठमाडौंमा रहँदा बस्दा अजय लामा र सिजन अधिकारीसँग चिनजान भएको हो ।’
अदालतमा प्रवेश गरिसकेको यो मुद्दालाई विक्रम लामाले अझै मिडिया ट्रायलका रुपमा प्रस्तुत गराइरहेका छन् । निर्दोषलाई प्रतिवादी बनाएर दुःख दिएको विषयमा विक्रम लामाले भविषयमा क्षतिपूर्तिसहितका मुद्दा खेप्नुपर्ने दिन त बाँकी नै छन् । कानूनले निर्दोष व्यक्तिलाई प्रतिवादी र झुठा मुद्दा लगाएर फसाउन पाइँदैन भनेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया