अमेरिका र युरोप छिर्न टर्कीमा लुकेर बसेका ५ नेपाली देश निकाला
काठमाडौं । टर्की सरकारले अवैधरुपमा बसेका नेपालीहरूलाई निष्काशन गरेको छ ।
पक्राउ परेका नेपालीहरू टर्कीलाई ट्रान्जिट बनाइ युरोप र अमेरिका छिर्ने प्रयासमा थिए । उनीहरूको साथबाट विभिन्न डकुमेन्टहरू बरामद भएका छन् ।
टर्कीबाट निष्काशन भएका ५ नेपालीहरू शनिबार काठमाडौं आइपुगेका छन् । उनीहरू टर्किस एयरलाइन्सको जहाजबाट आएका हुन् ।
टर्की सरकारले देश निकाला गरेका नेपालीहरूमा जीवनराज आङदाम्बे, राजु सुनुवार, गोविन्द श्रेष्ठ, नरध्वज थारु र श्रीष थापा रहेका छन् ।
Published : Monday, 2025 January 20, 7:18 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया