विपिन जाेशीकाे रिहाइका लागि डा.राणाद्वारा कतारका विदेश राज्यमन्त्रीसंग फाेन वार्ता, परराष्ट्रमन्त्री आशावादी
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी छिन् ।
मंगलबार बिहान डा.राणाले डा.खुइलाफीसँग फाेन गरेर विपिन जाेशीकाे रिहाइका लागि कुटनैतिक पहल गरेकी हुन् । विदेश राज्यमन्त्री डा.खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् ।
`हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपील गर्ने काम गरिरहेकी छु´, डा.राणाले भनेकी छिन् ।
कतारका राज्यमन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा पनि विपिन जाेशीको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गरेँकाे परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
`उहाँले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरुलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको जानकारी गराउँदै यस विषयमा छिट्टै नै सकारात्मक खबर आउने बताउनुभयो । यसबाट थप आशावादी भएका छौँ´, उनले भनेकी छिन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया