इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुन परराष्ट्रमन्त्री डा.राणा नयाँ दिल्ली प्रस्थान
नयाँ दिल्ली । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कार्यक्रममा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् ।
डा.राणा जर्मनबाट नयाँ दिल्लीतर्फ गएकी हुन् । परराष्ट्रमन्त्री डा.राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन् ।
मन्त्री डा.राणा शुक्रबार दिल्लीमा हुने इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुनेछिन् । उनले पुस ६ गते आफ्नो स्वास्थ्य फलोअप गर्ने कार्यक्रम पनि छ ।
दिल्लीमा परराष्ट्रमन्त्री डा.राणाले भारतीय विदेशमन्त्री डा.एस.जयशंकरसँग पनि भेट्ने सम्भावना छ ।
जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मंगलबार सम्बोधन गरेपछि डा.राणा नयाँ दिल्ली प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा.राणाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी हुन् ।
डा.राणाले समानताका अन्य नीतिहरुजस्तै नारीवादी परराष्ट्र नीतिले पनि मेलमिलाप, समभाव र समावेशिता अगाल्ने दाबी गरेकी छिन् । उनले समानता र सबै अल्पसंख्यक समूहहरूको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा जोड दिइन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया