दक्षिण कोरियाकाे नाममा ठगी गर्ने ओमप्रकाश ठमेलबाट पक्राउ
काठमाडौं । रकम ठगी गरेको अभियोगमा रूपन्देहीको सैनामैना नगरपालिका–११ घर भई काठमाडौंको ठमेल बस्ने २९ वर्षीय ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
ओमप्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई आइतबार ठमेलबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
ओमप्रकाशलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Published : Monday, 2024 December 30, 5:00 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया