घरमै पुगेर परराष्ट्रमन्त्री डा.राणाद्वारा धनगढीका नगरप्रमुख हमाललाई स्वास्थ्य लाभको कामना
धनगढी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकी छिन् ।
शनिबार धनगढीस्थित नगरप्रमुख हमालको निजी निवासमा पुगेर डा.राणाले स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि हमाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
केही दिनअघि स्वास्थ्य समस्या आएपछि भारतको दिल्लीस्थित अस्पतालमा उपचार पश्चात नगर प्रमुख हमाल हाल घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।
Published : Saturday, 2024 December 28, 7:49 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया