हेटौँडामा गाँजाको पोकाहरूसहित दुईजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७१ किलो ७०० ग्राम गाँजासहित २ जना मानिसलाई पक्राउ गरेको छ ।
सोमबार राति १२ः३० बजेको समयमा विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले हेटौँडा गाँजासहित २ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपमहानगरपालिका वडा नं. १९ तिनताप्केस्थित मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको छ ।
मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नं. ९ बस्ने वर्ष २० को मिलन घलान र सोही ठाउँ बस्ने वर्ष २६ को दावा थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Published : Tuesday, 2024 November 26, 1:32 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया