दुई किरोरहरूलाई बन्धक बनाइ कुटपिट
धनगढी । कैलाली जिल्लामा दुई किरोरहरूलाई अपहरण गरी बन्धक बनाइ कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–४ तारानगर डेरा गरी बस्ने २ जना किशोरहरूलाई अपहरण गरी बन्धक बनाई कुटपिट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–१ अत्तिरिया बस्ने २४ वर्षीय भुपी खड्का, कैलाली धनगढी उपमहानगरपालिका–१ सन्तोषी टोल बस्ने कञ्चनपुर बेलौरी नगरपालिका–५ घर भएका १८ वर्षीय किशोर र डडेल्धुरा अमरगढी नगरपालिका–१ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।
धनगढी उपमहानगरपालिका–४ तारानगरस्थित बाझो घरमा बन्धक बनाई लागूऔषध खुवाई खुकुरी समेत देखाई ३ जना मिलेर आइतबार कुटपिट गरेको भन्ने पीडितहरूको उजुरीको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया