बुढानिलकण्ठमा प्रहरी छापा, ठूलो रकमसहित मानिसहरू पक्राउ
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जुवा खेलिरहेको अवस्थामा काठमाडौंबाट २१ जनालाई पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–११ लसुनडाँडा भन्ने स्थानमा जुवा (ओखर) खेलिरहेको अवस्थामा छापामारेर जुवाडेहरूलाई नगदसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
तारकेश्वर नगरपालिका, पैयुटार बस्ने नुवाकोटको तादी गाउँपालिका–४ घर भएका २६ वर्षीय सुबास आचार्य समेत २१ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी टोलीले उनीहरूलाई नगद ५ लाख २४ हजार ७ सय ५० रूपियाँ र ओखर १३ थानसहित पक्राउ गरेको जनाएको छ ।
Published : Monday, 2024 November 18, 8:10 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया