गण्डकी प्रदेशसभा सदस्य थकालीको निधन, कांग्रेसलाई क्षति
काठमाडौं । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसकी सदस्य विमला गौचन थकालीको निधन भएको छ ।
बुधबार राति काठमाडौंमा थकालीको निधन भएको आफन्तले जनाएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई ग्राण्डी अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
म्याग्दी घर भएकी थकाली गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य भएकी थिइन् ।
केही दिनअघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । प्रदेशसभा सदस्य थकालीको मृत्युको कारण खुलेको छैन । परिवारका सदस्यले हृदयाघात भएको अनुमान गरेका छन् ।
Published : Thursday, 2024 November 14, 8:44 am
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया