जाजरकोटमा प्रतिष्ठा कमाएको तरुण दलले बाढी, पहिरोपीडितलाई सहयोग गर्नुपर्छ : सह-महामन्त्री उपाध्याय

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले तरुणहरूलाई हालैको बाढी र पहिरोबाट समस्यामा परेका जनतलाई सहयोग गर्न निर्देशन दिएकी छिन् ।

शनिबार काठमाडौंका चोभारमा नेपाल तरुण दलले आफ्नो ७२औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नेतृ उपाध्यायले भूकम्पका बेला जाजरकोटमा सहयोग गरेर तरुण दलले प्रतिष्ठा कमाएको बताइन् । उनले तरुणहरूलाई फेरि जनतालाई सहयोग गर्ने अवसर आएको समेत बताएकी छन् ।

उनले भनिन्, ‘जाजरकोटमा तरुण दलले घर, टहराहरू बनाएर प्रतिष्ठा कमाएको छ । भरखरै बाढीपहिरोबाट पनि धेरै जनता आहात भएका छन् । राहत नपाएको अवस्था छ । तरुण साथीहरूलाई सहयोगमा जुट्न आग्रह र अनुरोध गर्दछु । सहयोगमा जुट्न निर्देशन पनि दिन चाहन्छु ।’

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिकी संयोजक समेत रहेकी सह–महामन्त्री उपाध्यायले तरुण दलको महाधिवेशन तोकिएको समयमा हुने बताएकी छिन् ।

‘तरुण दलको ५ महिनाभित्र अधिवेशन गर्न पार्टीले जिम्मेवारी दिएको छ । समयमा अधिवेशन हुन्छ’, उनले भनिन् ।

नेतृ उपाध्यायले नेपालमा प्रजातन्त्र अन्त्य भएको दिन तरुण उदायएको दिन भन्दै त्यसकै कारण उत्पन्न डर र त्रासले नेपालमा प्रजातन्त्र स्थापना भएको बताएकी छिन् ।

उनले भनिन्, ‘वीपी कोइराला जतिबेला नेपालको शासन सत्तामा हुँदा नयाँ आयामको बोकेर जनताको माझमा हुनुहुन्थ्यो । तरुणको भावनालाई फेरि अगाडि बढाउन जरुरी छ ।’

Published : Saturday, 2024 October 26, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया