पाँच महिनापछि नयाँ नेतृत्वसहित तरुण दल उर्जाशील भएर आउनेछ : जीतजंग बस्नेत
काठमाठौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद जीतजंग बस्नेतले नेपाल तरुण दलमा अबको ५ महिनापछि नयाँ नेतृत्व उर्जाशील भएर आउने बताएका छन् ।
शनिबार काठमाडौंको चोभारमा तरुण दलको ७२औँ स्थापना दिवसका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘त्यो उर्जाअनुसार निर्देशन समितिमा हामी छौँ । अब ५ महिनापछि अधिवेशन आउँदैछ ।’
‘हाम्रो जिम्मेवारी भनेको नेपाल तरुण दलको अधिवेशन गर्ने हो’, नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिका सदस्य समेत रहेका तरुण दलका पूर्वअध्यक्ष बस्नेतले भने, ‘त्यो जिम्मेवारी हामी पूरा गर्ने छौँ । तरुण दलको कार्यसमितिले हामीलाई सहयोग गर्नेछ ।’
उनले भने, ‘५ महिनापछि नयाँ नेतृत्वसहित तरुण दल उर्जाशील भएर अगाडि बढ्नेछ ।’
बस्नेतले भने, ‘तरुण भनेका उग्र पनि हुन्छ । तरुणहरू भनेको इमान्दार पनि हुन्छन् । तरुणहरू भनेको नैतिकवान पनि हुन्छन् । देशमा देखिएको अन्याय, अत्याचार, भ्रष्टाचारको विरुद्धमा नेपाल तरुण दल र तरुण साथीहरू लाग्नु हुनेछ ।’
उनले भने, ‘७२ वर्ष अगाडि वीपीले एउटा सोँच ल्याउनु भएको थियो । एउटा चिन्तन ल्याउनुभएको थियो । युवाहरूमा जोश, जाँगर, उत्साह हुन्छ ।’
‘युवाहरूको नयाँ विचार पनि हुन्छ । त्यो विचारलाई लिएर जनताको माझमा जानु पर्छ भनेर वीपीले तरुण दल स्थापना गर्नुभएको हो’, नेता बस्नेतले भने ।
‘जनतामा नेपाली कांग्रेसका बिचारहरू, अवधारणाहरू, नेपाली कांग्रेसका एजेण्डाहरू लिएर जानको लागि नेपाली कांग्रेसले तरुण दल स्थापना गरेको हो’, उनले भने ।
‘वीपीको सोँचअनुसार आगामी दिनमा नेपाल तरुण दल अगाडि बढेको छ । बढ्न सक्ने क्षमता दिओस् । त्यो उर्जा दिओस् । त्यो धैर्य पनि दिओस्’, तरुण दलका पूर्वअध्यक्ष समेत रहेका नेता बस्नेतले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया