तुलसीपुरकाे साततलेमा बोलेरो जीप दुर्घटना २ जनाको मृत्यु
घोराही । बोलेरो जीप दुर्घटना हुँदा दाङ जिल्लामा २ जनाको मृत्यु भएको छ ।
राप्ती लोकमार्गअन्तर्गत शनिबार बिहान करिब साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो पिकअफ बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जीपका चालक दाङको दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हीरामणि बुढा र सल्यानको कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले बताएका छन् ।
दुर्घटनामा घाइते सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरू १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
जीप ३ सय मिटर तल खसेको छ । जीप सल्यानबाट तुलसीपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया