घोराहीमा शरद लामिछानेको घरमा प्रहरी छापा
घोराही । जिल्ला प्रहरी कार्यालय दाङले जुवाको खालबाट नगदसहित १० जना मानिसहरूलाई पक्राउ गरेको छ ।
सोमबार घोराही उपमहानगरपालिका वडा नं. १५ उषा टोलस्थित शरद लामिछानेको घरमा प्रहरीले छापामारेर १० जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । प्रहरीले तासका साथै ७० हजार ६ सय ६० रुपियाँ पनि बरामद गरेको छ ।
लामिछानेको घरको एक तलामाथि जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापामारेको थियो । पक्राउ पर्नेमा ६० वर्षीय शरद लामिछाने पनि छन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका ४८ वर्षीय केवल खत्री, ५६ वर्षीय बागसिंह केसी, ३६ वर्षीय नरेश रोका, ५६ वर्षीय विष्णु श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, ४१ वर्षीय विनोद हिमानी, ५९ वर्षीय केशरबहादुर पछाई, ५१ वर्षीय नरेश बुढा, ४८ वर्षीय धनबहादुर रोका र घोराही वडा नं. १७ बस्ने ५० वर्षीय पदम केसी रहेको प्रहरीले जनाएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया