प्यूठानमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

टिकुरी । प्यूठान जिल्लामा सवारी दुर्घटना हुँदा एकजनाको युवकको मृत्यु भएको छ ।

ऐरावती गाउँपालिका–२ टिकुरीस्थित सडकमा लु.२७ प ९१३४ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका–६ अर्लाबाङ बस्ने २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

Published : Sunday, 2024 October 20, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया