आठ किलो सुन बरामद भए लगत्तै मकवानपुर प्रहरीद्वारा ट्याङ्करभित्रबाट गाँजा बरामद
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा ३ सय ९२ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ९२ किलोग्रामसहित २ जनालाई मंगलबार बिहान पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् ।
पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने २६ वर्षीय रोशन पुरी र २२ वर्षीय धनबहादुर मल्ल रहेको एसपी खड्काले बताएका छन् ।
उक्त स्थानमा खटिएको प्रहरीले पालुङबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख १७७१ नम्बरको ट्याङ्कर गाडीलाई जाँच गर्ने क्रममा ट्याङ्करको डिब्बाभित्र लुकाई छिपाई ल्याएको गाँजा फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।
गाँजा बरामद भएपछि चालक रोशन र सहचालक धनबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।
दुई दिन अगाडि मकवानपुर प्रहरीले ८ किलोभन्दा धेरै सुन बरामद गरेको थियो । सुनसहित भारतीय मानिसहरू पनि पक्राउ परेका थिए । मकवानपुर प्रहरीले धमाधम कारबाही अगाडि बढाइ रहेका बेला फेरि ठूलो परिमाणमा गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया