त्रि–चन्द्र क्याम्पसमा आइतबार बिहान तरुण दलको रक्तदान

काठमाडौं । बाढी, पहिरो र डुबानबाट घाइते घाइते भएका सर्वसाधारणहरूको उपचारका लागि सहजता होस् भनेर नेपाल तरुण दलले रक्तदान कार्यक्रम राखेको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले रक्तदान गरेर बिरामीहरूको उपचारमा सहयोग गर्न आह्वान गरेअनुसार आइतबार काठमाडौंको रत्नपार्क घण्टाघरस्थित त्रि–चन्द्र क्याम्पसमा बिहान ८ बजे रक्तदान कार्यक्रम राखिएको सूचनामा उल्लेख छ ।

बाढी, पहिरो र डुबानमा परेर सयौँ सर्वसाधारण बिरामी र घाइते भएका छन् । उनीहरूको उपचारमा रगतको अभाव नहोस् भनेर रक्तदान गर्न लागिएको छ ।

मुलुकमा प्राकृतिक विपत्ति परेका बेला तरुणहरू पहिलो पंक्तिमा उभिएर सेवा गर्दै आएका छन् । तरुण दलले पुनः मुलुकमा जनतालाई समस्या पर्दा सहयोग गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

Published : Saturday, 2024 October 5, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया