काठमाडौंमा रहेको फ्लोरिडा डान्सबारबाट काभ्रेली टोले गुण्डाहरू पक्राउ
काठमाडौं । काभ्रेबाट काठमाडौंमा उपत्यकामा आएर विभिन्न पेशा व्यवसाय र अपराधमा संलग्न काभ्रेली गुण्डाहरूको आतंक कम भइरहेका बेला लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंबाट ३ जना टाेले गुण्डाहरूलाई पक्राउ गरेको छ ।
शुक्रबार ३ जना लुटेराहरूलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ घर भई काठमाडौंको बनस्थली बस्ने ३२ वर्षीय शरद तामाङ, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ घर भई काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय कृष्ण तामाङ र काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ घर भई काठमाडौंको शेषमती बस्ने २६ वर्षीय अजय तामाङ रहेको प्रहरीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका संचालक शरद तामाङ समेतका व्यक्तिहरूले उक्त डान्सबार एण्ड रेष्टुरेन्टमा आएका ग्राहकबाट अनुचित रकम असुल गर्ने र उक्त रकम नदिएमा कुटपिट गरी जबरजस्ती रकम असुल गर्नुका साथै ज्यान लिने सम्मको धम्की दिने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया