त्रिभुवन विमानस्थलमा ठूलो परिमाणमा कोकिन बरामद
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले ६ किलो २४ ग्राम कोकिन सहित एकजनालाई पक्राउ गरेको छ ।
लागुऔषधसहित लातविजास नागरिक इवास वाल्टर्सलाई बुधबार बिहान लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
कतार एयरवेजको उडानद्वारा नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षको वाक थ्रु गेटमा तलासी गर्दा साथमा रहेको सुटकेशभित्र लुकाई छिपाई राखेको कोकिन फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।
उनीउपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2024 August 8, 10:22 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया