उपसभामुख रानाको भिसा प्रकरणको पत्रबारे सभापति खतिवडाले कुरा उठाए, सभामुखद्वारा अनुसन्धान शुरु
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख ईन्दिरा राना मगरको विषयमा आएका समाचार र गतिविधिप्रति कुरा उठाएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको परामर्श समितिको बैठकमा सभापति खतिवडाले उपसभामुख रानाका विषयमा अमेरिकामा जान लागेका ६ जनाको लागि पत्र लेखेका विषयमा जिज्ञासा राखेको स्रोतले जनाएको छ ।
सभापति खतिवडाको जिज्ञासा पछि सभामुख देवराज घिमिरेले उपसभामुख रानाका विषयमा आफूलाई पनि जानकारी आएको भन्दै यस विषयमा बुझेर उपयुक्त निर्णय लिने बताएको उच्च स्रोतले जनाएको छ ।
सभापति खतिवडाले सभामुख घिमिरेसँग कुरा उठाएका बेला बैठकमा उपसभामुख राना पनि थिइन् । उपसभामुख रानाले कुनै पनि प्रतिक्रिया नदिएर कालोनिलो भएर बसेकी थिइन् ।
सभामुख घिमिरेले उपसभामुख रानाका विषयमा आएको विषयमा अध्ययन र अनुसन्धान गरेर उपयुक्त कदम उठाउने चेतावनी दिएपछि उपसभामुख राना निकै तनाबमा आएकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद रानाले उपसभामुख भएपछि पदको दुरुपयोग गर्दै पत्र लेखेर भिसाका लागि पहल गरेकी थिइन् । उपसभामुख रानालाई मानव तस्करीको अभियोग लागेको छ ।
रास्वपाका सभापति समेत रहेका निवर्तमान गृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगी, दोहोरो नागरिकता र राहदानी काण्ड लगायतमा परेका बेला उपसभामुख राना मानव तस्करी प्रकरणमा परेकी छिन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया