सभापति देउवाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल र जानकारी दिन केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार सूचना जारी गरेर साउन २३ गते बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको बताएका छन् । बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव पौडेलले बताएका छन् ।

एमालेसँग मिलेर सरकार गठन गरेको विषयमा जानकारी गराउन सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । उनले सरकार गठनका विषयमा भएका प्रयास लगायतका विषयमा जानकारी गराउने छन् ।

Published : Thursday, 2024 July 18, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया