परराष्ट्रमन्त्री डा.राणासँग चिनियाँ राजदूत सोङद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत सोङले भेटवार्ता गरेका हुन् । राजदूत सोङले शिष्टाचार भेटका क्रममा बधाइ र कार्यकालको सफलताको शुभकामना पनि दिएका छन् ।

भेटका क्रममा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत जनाएको छ ।

नेपाली कांग्रेसकी सांसद डा.राणाले सोमबार परराष्ट्र मन्त्रीमा शपथका साथै पदभार ग्रहण गरेकी हुन् ।

यसअघि, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार परराष्ट्रमन्त्री डा.राणासँग शिष्टाचार भेटवार्ता गर्नुका साथै कार्यकालको शुभकामना दिएका थिए ।

चिनियाँ राजदूत र भारतीय राजदूतसँगको भेटका क्रममा परराष्ट्रमन्त्री डा.राणासँगै मन्त्रालयका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2024 July 17, 4:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया