सभापति देउवाद्वारा महिला संघको भवनको शिलान्यास

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शेरबहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालयको नयाँ भवनको शिलान्यास गरेका छन् ।

बुधबार काठमाडौंको धापासीस्थित मंगलानगरमा सभापति देउवाले भवनको शिलान्यास गरेका हुन् ।

सभापति देउवाले भने, ‘नेपाल महिला संघको केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्ने मौका पाएको छु । मेरो लागि यो धेरै ठूलो सौभाग्यको कुरा हो ।’

‘मंगलादेवी सिंह, गणेशमान सिंहज्यूको श्रीमती मात्रै होइन । उहाँ मंगलादेवी सिंह स्वयं आफै नेतृ हो । शिलान्यास मात्रै होइन, भवन छिटो सम्पन्न होस्’, उलने भने ।

भवन शिलान्यास कार्यक्रममा सभापति देउवाका साथै नेताहरू प्रकाशमान सिंह, सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, डा.प्रकाशशरण महत, डा.शशांक कोइराला, रामहरि खतिवडा, जीतजंग बस्नेत, नेपाल महिला संघकी अध्यक्ष उषा राउत, सीता गुरुङ, उर्मिला थापलिया, पुष्पा भुसाल, नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2024 July 17, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया