परराष्ट्रमन्त्री डा.राणासँग भारतीय राजदूत श्रीवास्तवद्वारा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेर बधाइ तथा शुभकामना दिएका छन् ।

मंगलबार बिहान बुढानिलकण्ठस्थित निवासमा भएको भेटवार्तामा राजदूत श्रीवास्तवले बधाइ दिएका हुन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘आज मेरो कार्यालयमा भारतका राजदूत श्री नवीन श्रीवास्तवसँगको भेट राम्रो रह्यो । नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।’

Published : Tuesday, 2024 July 16, 2:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया