सभापति देउवाले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएपछि ओलीलाई देउवाले बधाई दिएका हुन् । ओलीलाई बधाई र शुभकामना दिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवा निकै खुसी देखिएका थिए ।

ओलीले प्रधानमन्त्री पदको शपथ लिएपछि निकै खुसी देखिएका सभापति देउवा र ओली खुलेर कुरा गरेका थिए ।

Published : Monday, 2024 July 15, 2:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया