लो प्रोफाइलमा बस्ने देउवा विश्वास गर्दा औँलै काटेर दिन्छन्, ओलीमा चमक, प्रचण्डमा निराश
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीको शपथ ग्रहण कार्यक्रममा कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै निराश, हतास र हतोत्साहित अवस्थामा देखिएका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ कार्यक्रममा उपस्थित रहेका दाहाल निरास अवस्थामा देखिएका थिए । दाहालको अनुहारमा चमक थिएन । उनको अनुहार मलिन र निरास अवस्थामा रहेको प्रष्ट देखिएको थियो ।
ओलीले प्रधानमन्त्री पदको शपथ लिँदा झन् तनाबमा देखिएका दाहालको अनुहार कालोनिलो देखिएको थियो । सायद दाहालले कांग्रेसलाई धोका दिएको स्मरण गरेको हुनुपर्छ ।
शपथ कार्यक्रममा निकै हँसिलो अवस्थामा देखिएका ओलीले खुसी र गर्वका साथ शपथ लिएका छन् । शपथ कार्यक्रमभरि दाहालको अनुहार मलिन थियो । हेर्न लायकको थियो ।
तत्कालीन समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाललाई निकै विश्वास गरेका थिए । दाहालसँगको विश्वास टुट्छ की भनेर ओलीसँग कहिल्यै पनि वार्ता र सम्वाद गरेका थिएनन् । दाहालप्रति अविश्वास हुन्छ भनेर देउवाले ओलीलाई भेटेनन् ।
दाहालले अचानक एमालेसँग सहमति गरेर कांग्रेसलाई धोका दिए । देउवालाई दिएको धोकाको मूल्य अहिले आएर दाहालले मूल्य चुकाउनु परेको छ ।
कांग्रेसलाई धोका दिएर दाहालले सरकार बनाए । आखिर त्यो सरकार दुई महिनामा ढल्यो । सरकार कांग्रेसले ढाल्नुभन्दा पनि दाहालको महत्वकांक्षाले ढलेको छ ।
दाहालको सरकार ढल्ने बेला पनि सभापति देउवाले कहिल्यै झुठ बोलेनन् । राजनीतिक इमान्दारिता देखाए । यसको प्रमाण दाहाल आफैले सदनमा दिएका थिए ।
सधैँ सभापति देउवालाई गालीगलौज गर्ने, सामाजिक सञ्जालमा आलोचना हुने, सञ्चारमाध्यममा खराब रुपमा अधिकांश समय चित्रण गरियो । तर, सभापति देउवाले कहिल्यै पनि आफ्नो दायित्व, जिम्मेवारी र इमान्दारितामा कमी हुन दिएनन् ।
धेरै बोल्न नरुचाउने सभापति देउवाको इमान्दारिताका विषयमा ओली र दाहाल दुबैले प्रतिनिधि सभाको बैठकमा आफै बयान गरिसकेका छन् । कसैलाई पनि आँखा चिम्म गरेर विश्वास गर्ने देउवामाथि कसैले विश्वासघात गर्यो भने त्यसको मूल्य ढिलोचाँडो चुकाउनुपर्छ । दाहालले मूल्य चुकाएका छन् ।
सभापति देउवाले कसैलाई विश्वास गरे भने आफ्नो औँला काटेर लगेको पनि थाहा पाउँदैनन् । देउवालाई चिन्नेहरूले उनलाई ढिलो बुझ्ने गरेका कारण धेरै नेताहरूले अवसर गुमाउने गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया