नवनियुक्त प्रधानमन्त्री ओलीलाई दिए भारतीय प्रधानमन्त्री मोदीले बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

सोमबार मोदीले सामाजिक सञ्जालमार्फत ओलीलाई नेपालको नयाँ प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन् ।

‘केपी ओली नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई’, भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा पारस्परिक सहयोगलाई विस्तार गर्न अझ नजिक रहेका काम गर्न तत्पर रहेको बताएका छन् ।

‘दुई देशबीचको गहिरो र प्रगाढ सम्बन्धलाई थप मजबुत बनाउन र जनताको प्रगति तथा समृद्धिको लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिक रहेर काम गर्न तत्पर छौँ’, मोदीले भने ।

नेपाल र भारतबीच सम्बन्ध राम्रोसँग सुधार भइरहेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति बनेर सरकार गठन भएको छ ।

Published : Monday, 2024 July 15, 11:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया