बाढीपहिरो प्रभावित क्षेत्रमा जनधनको क्षति रोक्न ३ तहका सरकारले समन्वयमा काम गर्नुपर्छ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार र राहत वितरण कार्य व्यवस्थित गर्न आग्रह गरेका छन् ।

सभापति बानियाँले शुक्रबार विज्ञप्ति जारी गरेर विपत् प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतको कार्यलाई व्यवस्थित गर्न आग्रह गरेका हुन् ।

उनले बाढीपहिरो प्रभावित क्षेत्रमा मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारहरूले आवश्यक समन्वय र योजनाका साथ ध्यानकेन्द्रित गर्नुपर्ने बताएका छन् ।

बानियाँले बाढीपहिरोबाट सम्पर्कविहीन भएकाहरूको खोजी, पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूलाई उपचारको व्यवस्था गरेर नागरिकले सहज जीवनयापन गर्न सक्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

उनले आफूअनुकूल प्रभावित जिल्लाका सम्पूर्ण स्थानमा पुगेर उद्धार तथा राहतमा खटिएका सरकारी संयन्त्रलाई सहयोग गर्न आग्रह गरेका छन् ।

Published : Saturday, 2024 July 13, 8:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया