भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालद्वारा भेटवार्ता

नयाँ दिल्ली । परराष्ट्र सचिव सेवा लम्सालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा परराष्ट्र सचिव लम्सालले भारतीय प्रधानमन्त्री मोदीलाई भेट गरेकी हुन् ।

सचिव लम्साल दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रीटमा सहभागी भएकी थिइन् । सोही क्रममा भारतका प्रधानमन्त्री मोदीसँगको सामूहिक भेटवार्तामा सचिव लम्साल सहभागी भएकी हुन् ।

बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास क्षेत्रीय संगठन हो ।

संगठनको दोस्रो बिमस्टेक विदेशमन्त्रीहरुको रिट्रीटमा परराष्ट्रमन्त्रीको हैसियतमा सहभागिता जनाउनको लागि सचिव लम्साल दिल्ली गएकी हुन् ।

सचिव लम्साल सामूहिक भेटवार्तामा नेपालको परराष्ट्रमन्त्रीकै हैसियतमा सहभागी गएकी हुन् ।

नेपालका राजनीतिक उतार–चढाबका कारणले गर्दा सचिव लम्साललाई सरकारले कार्यक्रममा सहभागिता जनाउन पठाएको हो ।

सचिव लम्साल बिहीबार भारतका परराष्ट्रमन्त्री एस. जयशंकरलाई भेटेकी थिइन् भने बिमिस्टेक रिट्रिट कार्यक्रममा पनि सहभागी भएकी छिन् ।

Published : Friday, 2024 July 12, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया