प्रचण्डले ओम्नी, गिरिबन्धु, भुटानीको कुरा गरे, सहकारी ठग, सुन तस्कर र लडाकु भ्रष्टाचारकाे कुरै गरेनन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पद फुत्किएको पीडा पोखेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासका लागि राखेको प्रस्तावका क्रममा सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री पद फुत्किँदाको पीडा बोध गरेका हुन् । दाहालले सुशासन बनाउन खोज्दा सरकार ढलेको भनेर दाबी गरेका छन् । उनले ओम्नी, गिरिबन्धु टि ईस्टेट, नक्कली भुटानी शरणार्थी लगायतमा सुशासन बनाउन खोज्दा सरकार ढालिएको बताए ।

प्रधानमन्त्री दाहालले ओम्नी, नक्कली भुटानी शरणर्थी, गिरिबन्धु टि ईस्टेटका विषयमा कुरा उठाए पनि सुन तस्करी काण्ड, सहकारीको अर्बौ रकम घोटाला काण्ड, लडाकु शिविरको घोटाला काण्ड लगायतका विषयमा बोलेनन् ।

प्रधानमन्त्री दाहालकै नेताहरू सुन तस्करी काण्डमा मुछिएका छन् । सुन तस्करहरूलाई प्रधानमन्त्री दाहालले उन्मुक्ति दिएका छन् ।

सहकारीको करोडौं रकम अपचलन र हिनामिना गरेको अभियोगमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनेको कुरा पनि भनेनन् ।

लडाकु शिविरमा भएको करोडौं रकम भ्रष्टाचारका विषयमा पनि प्रधानमन्त्री दाहालले भुलेका छन् । उनले ती कुरा बोलेका छैनन् ।

Published : Friday, 2024 July 12, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया