सरकारको समय केही घण्टा बाँकी रहेका बेला प्रचण्ड र मन्त्रीहरूले औकात देखाए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारको आयु मुस्किलले १५/२० घण्टा रहेका बेला कुनै पनि मन्त्रीहरू प्रतिनिधि सभाको बैठकमा उपस्थित नभएपछि स्थगित भएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालका साथै मन्त्रीहरू कुनै पनि देखिएनन् । बैठक शुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीहरूलाई खोजी गरेका थिए । त्यसपछि सभामुखले संसदको बैठकलाई कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरेका छन् ।
कांग्रेस सांसद खतिवडाले बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएको अवस्थामा सदन चल्छ वा चल्दैन भन्दै सभामुखलाई प्रश्न गरेका थिए ।
संविधानअनुसार विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्रीले सदन चलेका बेला प्रधानमन्त्री वा मन्त्रीहरू उपस्थित हुनुपर्छ भन्ने हेक्का राख्नुपर्ने खतिवडाले बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको र बिहीबारको बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएकाले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमलाई हटाउँदै शुक्रबार ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको सभामुख घिमिरेले सदनलाई जानकारी गराएका थिए ।
प्रतिनिधि सभाको बैठक बस्दै गर्दा मन्त्रीहरू भने सिंहदरबारमा मन्त्रिपरिषदको बैठकमा सहभागी थिए । संसदलाई बेवास्ता गर्दै मन्त्री र प्रधानमन्त्रीले लापरबाही देखाएपछि आलोचना भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया