धौलागिरीमा धनबहादुरको हत्या, सोमबहादुर पक्राउ
बेनी । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका–५ मलम्पार बस्ने ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या भएको छ ।
धनबहादुर छन्त्यालको हत्या गरेको अभियोगमा उनकै भाई ३९ वर्षीय सोमबहादुर छन्त्याललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नै घरमा घरायसी विवाद भई एकआपसमा झै–झगडा हुँदा सोमबहादुरले दाउराको चिर्पटले प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।
हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Wednesday, 2024 July 10, 5:47 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया