बोल्न किन बाध्य भइन् निशा ? लामिछाने खुसी, ढकाल चकित, रास्वपाका दासहरू सलबलाए
काठमाडौं । सभापति एवम् गृहमन्त्री रवि लामिछाने र महामन्त्री मुकुल ढकालबीचको विवादले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र निकै ठूलो विवाद भएको छ ।
विवाद बढेर जाँदा सभापति लामिछानेले महामन्त्री ढकाललाई पार्टीबाटै साधारण सदस्यता नरहने गरी हटाउन लागेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा ढकाललाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट कारबाही गरेर हटाउन अनुशासन आयोगले प्रतिवेदन तयार पारेर पेश गरेको छ ।
ढकालले केही दिनअघि सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापति लामिछानेको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो ।
प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेकोलगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरेको थियो । निलम्बनले पनि नपुगेर सभापति लामिछानेले महामन्त्री ढकाललाई पार्टीबाट हटाउन लागेका छन् ।
३÷४ अगाडि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री ढकाल मुखमा कालोपट्टी बाँधेर बसेका थिए । सभापति लामिछानेको निरंकुशताको विरोध गर्दै महामन्त्री ढकालले मुखमा कालोपट्टी बाँधेर विरोध जनाएका थिए । त्यो कार्य सभापति लामिछाने र उनका केही दासहरूलाई मन परेको थिएन । सभापति लामिछानेको ढकालले आलोचना गरेको कुरा दासहरूलाई चित्त नबुझेपछि चलखेल गरेर ढकाललाई पार्टीबाटै हटाउन षड्यन्त्र गरेका छन् ।
सभापति लामिछानेका निकट मानिने उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।
अघिल्लो बैठकपछि महामन्त्री ढकालको प्रतिवेदनलाई सांसद समेत रहेकी केन्द्रीय सदस्य निशा डाँगीले समर्थन गरेको भनेर समाचार आएका थिए । निशाले मात्रै समर्थन गरेको भनेर समाचार आएपछि निशाले विज्ञप्ति जारी गरेर महामन्त्री ढकालको प्रतिवेदनलाई समर्थन नगरेको भन्दै खण्डन गरेकी थिइन् । निशाले पनि ढकालको प्रतिवेदनलाई अस्वीकार गरेको विज्ञप्ति जारी भएपछि सभापति लामिछाने खुसी भएका छन् ।
सभापति लामिछानेसहित सबै केन्द्रीय सदस्यहरू र पदाधिकारीहरूले महामन्त्री लामिछानेको प्रतिवेदनको विरोध गरेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया