लामिछानेविरुद्धको रिटमा हेर्दाहेर्दैमा, बुधबार जवाफी बहस
काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतमा मंगलवार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेका कानून व्यवसायीले बहस गरेका छन् । जवाफका लागि बुधवार हेर्दाहेर्दैमा राखिएको छ ।
रिट निवेदकका तर्फबाट अधिवक्ता रमण कर्णसहितका कानून व्यवसायीले जवाफी बहस बाँकी रहेको छ ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।
सहकारीको करोडौं रकम अपचलन र ठगीको आरोप खेप्दै आएका लामिछानेका बारेमा छानविन गर्न संसदीय समिति समेत बनेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया