धोकेबाजबाट प्रचण्डको सरकार ढालेपछि सभापति देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । एमालेसँगको सहकार्यमा नयाँ सरकार बनाउने तयारी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वपदाधिकारी र पदाधिकारीहरूको बैठक बोलाएका छन् ।
मंगलबार बिहान सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा एमालेसँग भएको सहमतिका बारेमा जानकारी गराइनेछ ।
सहमतिअनुसार पहिलो कार्यकालका लागि एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् । त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नेछन् ।
मन्त्रालय पनि एमालेले प्रधानमन्त्रीसहित ९ मन्त्रालय पाउनेछ । कांग्रेसले १० देखि ११ मन्त्रालय पाउने सम्भावना छ ।
सभापति देउवाले राजनीतिक ईमान्दारिता देखाउँदा देखाउँद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिना अगाडि धोका दिएर एमालेसँग सरकार बनाएका थिए । तीन महिनापछि एमालेका अध्यक्ष ओलीले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया