देउवा र ओलीबीचको वार्तापछि तर्सिएका प्रचण्डले आफै फोन गरेर बोलाए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् ।
आइतबार सिंहदराबरमा दाहालले आफ्नै कार्यकक्षमा बोलाएर ओलीसँग छलफल गरेका हुन् । उनीहरूका बीच भएको कुराकानीका विषयमा केही भनिएको छैन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबीच शनिबार लामो कुराकानी भएको अर्को दिन दाहालले ओलीलाई बोलाएर कुराकानी गरेका छन् ।
प्रधानमन्त्री दाहाल र ओलीबीच सत्तासमीकरणका साथै सरकारको कामकारबाही लगायतमा कुराकानी भएको बुझिएको छ ।
देउवा र ओलीबीच बालकोटमा भएको भेटवार्तापछि प्रधानमन्त्री दाहाल निकै डराएका छन् । तर्सित अवस्थामा रहेका दाहालले आइतबार बिहानै ओलीलाई आफै फोन गरेर सिंहदरबारमा बोलाएका हुन् ।
Published : Sunday, 2024 June 30, 2:35 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया