प्रचण्ड २ छोरीसहित बिरामी भेट्न फूलमाला लगाएर अस्पतालमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालमा बिरामी भेट्न फूलमाला लगाएर गएपछि विभिन्न टिकाटिप्पणी भएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा दाहालको तस्बिरले निकै चर्चा पाउनुका साथै नकारात्मक आलोचना खेप्नु परेको छ । प्रधानमन्त्री दाहालका सल्लाहकार वा सहयोगीहरूले पनि बिरामी भेट्न अस्पतालमा जाँदा कसरी जानुपर्छ भनेर नसिकाउँदा आलोचनाको सिकार बन्नु परेको छ ।
अस्पतालको बेडमा एकजना व्यक्ति बसेका छन् । ती बिरामीलाई भेट्न दलबलसहित पुगेका प्रधानमन्त्री दाहाल फूलको माला लगाएर गमक्क भएर सोफामा बसेका छन् । सुरक्षाकर्मी, टेलिभिजनको क्यामेरा, चिकित्सकहरू पनि छन् ।
प्रधानमन्त्री दाहालको सोफासँगै रहेको बेन्चमा दुई छोरी रेनु दाहाल र गंगा दाहाल पनि छन् ।
बिरामी भेट्न जाँदा पनि प्रधानमन्त्री दाहालले फूलमाला लगाएर गएको विषयलाई आलोचना भएको छ । दाहाललाई फूलको माला लगाइदिएर बिरामी भेट्न अस्पताल लगेको विषयले चर्चा र आलोचना पाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया