खतिवडाद्वारा गिरिबन्धु टि ईस्टेट घोटाला छानविन र अप्रेशनका लागि पर्खिनुपर्ने व्यवस्था हटाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले स्वास्थ्य सामग्री किनमेलमा मात्रै धेरै ध्यान नदिन सुझाव दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेकमाथि छलफलमा सहभागी हुँदै खतिवडाले भने, ‘मन्त्रीज्यू भरखरै मन्त्री हुनुभएको छ । काम गर्न उत्साहित हुनुहुन्छ । उत्साहित मन्त्रीलाई म निरुत्साहित गर्न चाहन्न । तर, तपाईको उत्साह पनि स्वास्थ्य मन्त्रालयमा किनमेल गर्ने के के छ ? त्यो चाहिँ किनमेल गरिहालौँ, अरु काम हुँदै जान्छ भन्ने प्रवृत्तिको विकास भयो भने फेरि पनि त्यो मन्त्रालय र स्वास्थ्य केन्द्रबाट उपचार पाउने सम्भावना हुँदैन ।’

‘मन्त्रीहरू केवल के के सामान किनमेल गर्नेछ त्यतातिर ध्यान दिने अरु कुरामा ध्यान नदिने प्रवृत्ति विकास भयो भने फेरि पनि जनस्तरका मान्छेले स्वास्थ्य सुविधा पाउँदैनन्’, उनले भने ।

‘अहिले पनि क्यान्सर पीडितले अप्रशेन गर्न समय पाउन छोडेका छन् । हामीले किड्नीको फ्रि डाइलेसिस गर्छौ भनेका छौँ । तर, आज किड्नीका बिरामीहरू पनि समय नपाएर र उपचार नपाएर दिनै पिच्छे भौतारिएर हिँड्नुपर्ने अवस्था छ’, उनले भने ।

‘त्यसलाई सरकारले निश्चित हस्पिटलहरूमा यो समयदेखि यति हस्पिटलहरूमा भन्नु पर्‍यो र साधनहरू दुरदराजमा लैजाने व्यवस्था गर्नुपर्‍यो’, खतिवडाले भने ।

‘महँगो स्वास्थ्यले गर्दा आज मान्छेहरूले उपचार गर्न पाइरहेका छैनन् । गाउँघरका मान्छेहरू अहिले काठमाडौंका हस्पिटलमा अब प्राइभेट हस्पिटलको अवस्था त झन् त्यहाँ त जानै सक्दैनन् । सरकारी हस्पिटलमा समय नै पाउँदैनन् । त्यहाँ गएर हेर्ने हो भने एउटा एमर्जेन्सीमा एउटा बेडमा ५ जना बिरामी सुताएर राख्ने अवस्था छ । यसलाई सहजीकरण गर्न सरकारलाई अनुरोध गर्न चाहन्छु’, खतिवडाले भने ।

‘गाउँघरमा सिटामोल पाउन नसकेर, खान नपाएर मान्छेहरू बस्नुपर्ने अवस्था छ । २०४६ सालदेखि हालसम्म नेपाल सरकारले कुन ? व्यक्तिलाई कति अनुदान सहयोग गर्‍यो ? उपचारका लागि र गरिबलाई कति गर्‍यो ? त्यो एउटा लिष्ट जनताका बीचमा स्वयतपत्र जारी गरिदिनुस् भनेर अनुरोध गर्न चाहन्छु’, उनले भने ।

खतिवडाले भने, ‘कमसेकम राज्यले अरु केही गर्न नसकोस् । ७० वर्ष पुगेका नागरिकलाई फ्रिमा औषधि उपचार गर्ने व्यवस्था गरोस् भनेर बारम्बार हामीले प्रस्ताव गरेका छौँ । सधैँ यो नाराका रुपमा भयो तर, कार्यान्वयन कहिल्यै भएन ।’

‘एउटा बिरामीले अहिले उपचार गर्नका लागि अप्रेशन गर्नु पर्‍यो अथवा अप्रेशन गर्नु पर्‍यो भने १/२ वर्ष कुर्नुपर्ने भएको छ । डाक्टरहरू नेपालमा नबस्ने, विदेश जाने, राम्रो सुविधा नपाउने, गाउँमा त जाँदै नजाने । यो पद्धतिले के होला कमसेकम ७७ जिल्लामा एउटा सिटिस्क्यान राख्ने व्यवस्था होस् । प्रत्येक ७७ जिल्ला र प्रत्येक पालिकामा भिडियो एक्स–रे र एक्स–रे त्यहिँका जनतालाई सुविधा सम्पन्न रुपमा उपचार व्यवस्था होस् भनेर स्वास्थ्य मन्त्रीलाई अनुरोध गर्छु’, खतिवडाले भने ।

‘मान्छे एक्सिडेन्ट भएर काठमाडौंमा उपचार गर्न आयो भने त्यसले ठाउँ पाउँदैन । ठूलो हस्पिटलमा लग्यो भने त्यसमा डिपोजिट गर्नुपर्छ । डिपोजिट पनि थोरै होइन त्यसको घरबारी बेचेर ल्याँदा पनि नपुग्ने रकमहरू हस्पिटलहरूले माग्छ’, उनले भने, ‘सरकारी हस्पिटलमा गयो भने कहिँ ठाउँ हुँदैन । तर, त्यहाँ फेरि तिनै सरकारी हस्पिटलका डाक्टरहरू त्यो अर्को ठाउँमा गएर उपचार गर्छन् । जहाँ सबैभन्दा महँगो हुन्छ । यसलाई कन्ट्रोल गर्ने व्यवस्था अनुरोध गर्छु ।’

उनले भने, ‘मेरो असाध्यै परम मित्र भूमिसुधार मन्त्री हुनुहुन्छ । सहकारी तथा गरिवी निवारण मन्त्री । सहकारीको विरुद्धमा यत्रो मुभमेन्ट भो । भूमिसुधार मन्त्री चुइक्क एकदिन पनि आवाज आएन ।’

‘देशमा सबैभन्दा ठूलो आवाज अहिले सहकारीकै विरुद्धामा, सहकारी ठगका विरुद्धमा आए होलान्, बदमासीका विरुद्धमा आए होलान्’, खतिवडाले भने, ‘अपचलनका विरुद्धमा आए होलान् । भूमिसुधार मन्त्रालय कहिँ एकशब्द बोलेको सुनिएन ।’

उनले भने, ‘भूमिसुधार मन्त्रीहरू निर्णय गरेर कुनै अपार्टमेन्टमा बस्न गएको भन्ने सुनिन आएको छ । चाहे गिरिबन्धु टि ईस्टेटको निर्णय गर्दा होस्, चाहे अरुबारेमा योबारेमा भूमिसुधार मन्त्रालयले राम्रोसँग तयारी गरोस् ।’

उनले भने, ‘सरकारी जग्गाहरू हडप्ने त्यस्तालाई पनि कारबाहीको दायरामा ल्याइयोस् । पहँचका आधारमा होइन कानूनका आधारमा देश बन्ने वातावरण सिर्जना होस् ।’

Published : Thursday, 2024 June 13, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया