मुख्यमन्त्री पाण्डेद्वारा पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिता
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’को उद्घाटन गरेका छन् ।
बुधबार पोखरा रङ्गशालामा उद्घाटनपछि पाण्डले प्रदेश सरकार खेल र खेलाडीका विषयमा सकरात्मक रहेको बताए ।
मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गरिरहेको बताएका हुन् । ‘प्रदेश सरकार खेल र खेलाडीको प्रोत्साहनका लागि दत्तचित्त भएर हामी अगाडि बढिरहेका छौं’, पाण्डेले भने, ‘आगामी दिनमा पनि यहीअनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दर्छौं ।’
ओलम्पिकमा सहभागी खेलाडीहरूको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टू ओलम्पियन’ कार्यक्रम गरिरहेको उनले बताए ।

गण्डकीबाट ओलम्पिकमा सहभागी खेलाडीहरूलाई आर्थिक सहयोग पनि गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए ।
कार्यक्रममा एमालेका नेता खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापालगायतले प्रतियोगिताको सफलताको कामना दिएका छन् ।
एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेलमा सात प्रदेशका छात्रछात्राले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताए ।
प्रतियोगितामा सात वटै प्रदेशका खेलाडी, प्रशिक्षक र म्यानेजरले भाग लिएको प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।
कार्यक्रममा विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, खेलाडीहरूको मार्चपास, पञ्चेबाजा, ब्यान्डलगायत प्रस्तुति राखिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया