एमालेले बिरोध गरेपछि बजेटको किताब छाप्न ढिलाइ, सत्तारुढ शीर्ष नेताको क्षेत्रमा योजना संशोधन
काठमाडौं । एमालेको असन्तुष्टिका कारण बजेटको किताब समयमा छाप्न नसकेपछि प्रतिनिधिसभाको बैठक दुई दिन सूचना टाँस गरेर स्थगित भएको छ ।
एमालेका अध्यक्ष केपी ओलीले बजेट अर्थमन्त्री वर्षमान पुन र अर्थमन्त्री पुनको पार्टी माओवादी केन्द्रको जस्तो छ भनेर टिप्पणी गरेका थिए । ओलीको यो टिप्पणीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री पुन झस्किएका छन् ।
आइतबार संसदको बैठक ११ बजे बस्ने कार्यक्रम थियो । बजेटको किताब छाप्न ढिलाइ भएका कारण सांसदहरूले अध्ययन गर्न समय नपाएपछि दुई दिन सूचना टाँस गरेर स्थगित भएको स्रोतको भनाइ छ ।
युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटको किताब मात्रै सांसदहरूको हातमा परेको छ ।
अर्थ मन्त्रालय निकट उच्च स्रोतका अनुसार बजेटमा रहेका केही ठूला रकमका बजेटको शब्दावली हेरफेर गर्दा समय लागेका कारण समयमा बजेट पुस्तिका छपाइमा ढिलाइ भएको आरोप छ ।
एमालेले बजेटमा विरोध गरेपछि अर्थमन्त्री पुनले एमालेका नेताहरूसँग परामर्श गरेको बुझिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया