७० वर्षभन्दा माथि उमेर समूहलाई उपचार निःशुल्क हुनुपर्छ : सभापति खतिवडा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् नेपाली काग्रेसका नेता रामहरि खतिवडाले गाम्नाङ्टार सेवा समाजका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका छन् ।
समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति खतिवडाले ज्येष्ठ नागरिकहरूलाई सम्मान पनि गरेका छन् ।
७० वर्षभन्दा माथिका उमेर समूहका सम्पूर्ण बुवा–आमाहरूलाई नेपाल सरकारले निःशुल्क उपचार गराराइदिनुपर्ने माग गरेका छन् ।
खतिवडाले जीवनभरिको सबै कमाइ बिरामी भएर उपचार गराउँदा एकैपटक सकिने बताए ।
सभापति खतिवडाले २०७० सालमा आफू संविधान सभा सदस्य हुँदा पनि ७० वर्षमाथिका जेष्ठ नागरिकका विषयमा मुद्दा उठाएको बताए ।
सभपाति खतिवडाले केही दिन अगाडि प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा ७० वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धाको स्वास्थ्य उपचार सरकारले निःशुल्क गर्नुपर्ने व्यवस्थाको माग गरेका थिए ।
खतिवडाले यो विषयलाई जबरजस्त रुपमा उठाउँदै आएका छन् । जेष्ठ नागरिकलाई अन्य सुविधाभन्दा पनि स्वास्थ्य उपचारको सविधा सहज र निःशुल्क दिनुपर्ने खतिवडाले सार्वजनिक रुपमा बोल्दै आएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया