रतुवा खोलाले बगायो बोलेरो जीप, २ जनाको मृत्यु
इलाम । खोलामा आएको बाढीले गाडी बगाउँदा इलाम जिल्लामा दुई जनाको मृत्यु भएको छ ।
चुलाचुली गाउँपालिका–५ चपेटीस्थित रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीले दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको लु.१ च ९४९१ नम्बरको बोलेरो गाडी बगाउँदा गाडीमा सवार २ जनाको सोमबार साँझ मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु हुनेहरूमा माङ्सेबुङ गाउँपालिका–५ बस्ने ३० वर्षीया शर्मिला वानेम र सोही गाउँपालिका–३ बस्ने निरू लिम्बुको छोरा ३ वर्षीय निहाङ लिम्बु रहेका छन् ।
बाढीले गाडी बगाइ बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी पेल्टिमारी र प्रहरी चौकी बाँझो लामिटारबाट खटिएको संयुक्त टोलीले उनीहरूको शव फेला पारेको छ ।
घाइते भएकी निरू लिम्बुको बिएण्डसी अस्पताल झापामा उपचार भइरहेको छ । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया