भंगालबाट सुनको सिक्री लेटेर भागेका राधेश्याम पक्राउ
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट सुनको सिक्री लुटेर भागेका २० वर्षीय राधेश्याम साहलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको मौलापुर घर भएर बुढानीलकण्ठ बस्ने साहले जेठ ३ मा बाटोमा हिँडिरहेकी ५६ वर्षीय सुमित्रा श्रेष्ठको सिक्री लुटेर भागेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । साहले साढे १ तोलाको सिक्री लुटेका हुन् ।
सीसीटिभी फुटेजको आधारमा अनुसन्धान गरेर उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । उनीमाथि प्रहरी वृत्त महाराजगन्जले चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
Published : Monday, 2024 May 20, 11:22 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया