ललितपुरमा हरिबोलको घरमा प्रहरी छापा, ठूलो रकमसहित ११ जना पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ललितपुरबाट ११ जनालाई पक्राउ गरेको छ ।
महालक्ष्मी नगरपालिका–९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने ४७ वर्षीय हरिबोल चौलागाईको घरमा प्रहरीले छापामारेको विज्ञप्तिमा उल्लेख छ ।
जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६४ हजार १ सय २० रूपियाँ र ६९ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Sunday, 2024 March 17, 5:34 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया