मोलुङमा ४५ वर्षीया महिलालाई करणी, रुद्रबहादुर पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका–६ बस्ने ३७ वर्षीय मुगे भन्ने रुद्रबहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
तामाङले ती महिलालाई सोही ठाउँस्थित कार्तिके जंगलमा बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उता, तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेमबहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सार्कीले ती बालिकालाई ललाई फकाई डरत्रास समेत देखाई सोही ठाउँस्थित जंगलको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया