धनगढीबाट बिराटनगर हिँडेको बस बारामा दुर्घटना, १८ यात्रु घाइते

सिमरा । यात्रुवाहक बस बारा जिल्लामा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

मंगलबार अपरान्ह ४ बजेको समयमा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २२ को ३ नम्बर पुलमा बस दुर्घटना भएको प्रहरीले जनाएकोछ ।

धनगढीबाट बिराटनगरतर्फ जाँदै गरेको ना.६ ख ९०३० नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई सडकभन्दा ३०/३५ मिटर तल खसेको छ ।

बसमा सवार २३ जनामध्ये ५ जना यात्रु समान्य उपचार पश्चात घर फर्किएका छन् । घाइते १८ यात्रुलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाइते हुनेहरुमा मकवानपुरको हेटौँडा उ.म.न.पा.१२ बेलडाडाकी ९ वर्षीया क्षेसन लामा, हेटौँडाकै वर्ष ३१ का विष्णु लामा, बिराटनगरका २५ वर्षीय रबिन मगर, भरतपुर म.न.पा. ८ का ४८ वर्षीय दीपेन्द्रकुमार ठाकुर, भरतपुरकै ४० वर्षीया कविता ठाकुर, भरतपुरकी २८ वर्षीया राखी शाह रहेका छन् ।

भरतपुर, कैलाशनगरकी २१ वर्षीया अस्मी शाह, हेटौँडाकी २४ वर्षीया सविना घलान र उनकी १८ महिनाकी प्रियान्स घलान, थाहा नगरपालिकाकी २३ वर्षीया दिलकुमारी बि.क., धनुषाकी ३२ वर्षीया प्रिंयका यादव घाइते भएका छन् ।

धनुषाकी ४१ वर्षीय रन्जित यादब, धनुषाकी ६५ वर्षीया शान्तिदेवी यादव, बीरगंज श्रीपुरका ५० वर्षीया दुखन खातुन र उनकी ५ वर्षीया छोरी जोया खातुन, हरिवनका ४३ वर्षीय पर्वत भट्टराई, सर्लाहीकी १६ वर्षीया रेनुका खड्का र लालबन्दीकी २६ वर्षीया निशु खड्का घाइते भएका छन् ।

घाइते भएका सर्लाही हरिपुरका ४२ वर्षीय रितेश पुलामी, जनकपुरका ४३ वर्षीय जाकिर हुशेन, जनकपुरकी १६ वर्षीया अन्जली शाह, सर्लाहीको कबिलासीकी ४८ वर्षीया मीना महतो र बर्दिवासका ३० वर्षीय अर्जुण ठाकुर उपचारपछि घर फर्किएका छन् ।

Published : Tuesday, 2024 March 5, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया