सत्ता गठबन्धन भत्किने चर्चा चलेका बेला चन्द्र भण्डारीले भने बेमौसमको बाजा
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता गठबन्धन भत्किने चर्चा चलिरहेका बेला बेमौसमको बाजा भनेर टिप्पणी गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेता भण्डारीले माओवादी केन्द्रलाई कांग्रेसले सबै प्रकारको सहयोग गर्दागर्दै अधैर्य भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
माओवादीलाई कांग्रेसले सबै प्रकारको सहयोग र सबै माग पूरा गरेको भण्डारीले दाबी गरेका छन् । माओवादीको महत्वकांक्षाप्रति उनले चिन्ता जनाएका छन् ।
उनले भने, ‘सुनको थालीमा पिठो माग्दामा पनि अझ झगडा ! असन्तुष्टि ! अधर्य !!! बेमौंसमका बाजा बजाउदै गर परिकर्मा !!! तिम्रा सोंच !!!’
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग सहकार्य गरेर अगाडि बढ्न लागेका छन् ।
प्रधानमन्त्री दाहालले कांग्रेसले कोशी प्रदेश, राष्ट्रिय सभा निर्वाचन र गोदावरीको महासमिति बैठकबाट पारित महामन्त्री गगन थापाको गठबन्धन विरोधी प्रतिवेदनलाई लिएर निकै असन्तुष्टि जनाउँदै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया