खाणजीलाई फसाउने षड्यन्त्र हो, न्याय पाउनु हुन्छ : परराष्ट्रमन्त्री साउद
बुटवल । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले नेता बालकृष्ण खाणलाई लागेको आरोपप्रति आफूलाई विश्वास नलागेको बताएका छन् ।
शनिबार भैरहवामा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ ले आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै साउदले खाणलाई लागेको अभियोगमा कुनै सत्यता नरहेको बताए । उनले भने, ‘बालकृष्ण खाणजी मेरो पनि नेता हो । कांग्रेसलाई ग्रासरुटबाट बलियो बनाउनुमा खाणजीको योगदान छ ।’
खाणलाई न्यायालयले न्याय दिन्छ भन्नेमा आफू विश्वस्त रहेको मन्त्री साउदले बताएका छन् । उनले भने, ‘खाणजीको कुनै पनि संलग्नता छैन भन्ने लागेको छ । विना प्रमाण अभियोग लगोको छ । उहाँविरुद्ध षड्यन्त्र भएको छ ।’
मन्त्री साउदले रुपन्देही जिल्ला आफ्नो लागि अविस्मरणीय रहेको बताएका छन । बुटवलमा ०४८ सालमा भएको नेविसंघको महाधिवेशनबाट आफू अध्यक्ष भएको साउदले बताएका छन् ।
केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले बालकृष्ण खाण निर्दोष रहेको बताए । उनले खाणलाई लागेको अभियोगमा प्रमाण नरहेको बताए । न्यायालयले खाणलाई न्याय दिने शाहले बताएका छन् ।
रुपन्देही कांग्रेसका सभापति एवम् तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले गठबन्धन भन्ने कुरा तत्कालीन परिस्थितमा हुने कुरा भएको बताएका छन् । उनले भने, ‘गठबन्धन अहिले भन्ने होइन । गठबन्धनको कुरा दस्तावेजमा उल्लेख गर्न आवश्यक छैन ।’
कांग्रेस नेता विमल ढकालले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग गरेका छन् । विमानस्थल सञ्चालन गर्न श्रम स्वीकृति, कामदारको स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम लगायतको व्यवस्था भैरहवामा हुनुपर्ने उनले बताए । सरकारले भैरहवा विमानस्थल सञ्चालन गर्न विशेष निर्णय गर्नै पर्ने ढकालले बताएका छन् ।
क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेताहरु इस्तियाक अहमद खान, नगर सभापति कोशिषबहादुर खड्का लगायतको उपस्थित रहेको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया