कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न विभागलाई सभापति खतिवडाको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सभापति खिवतडाले निर्देशन दिएका हुन् ।
सभापति खतिवडाले विभागले प्रमाणहरूलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरू विभागको कामलाई हेरेर आतङ्कित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउन सुझाव दिएका छन् ।
उद्योगी व्यापारी लगायत अन्य मानिसहरू आंतकित हुने वातावरण राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने खतिवडाले बताएका छन् ।
राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धीले कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न सभापति खतिवडाले निर्देशन दिएका छन् ।
खतिवडाले बेनामी रूपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा मुद्दा हाल्ने विषयलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया